सुर्खेत । कर्णाली प्रदेशमा ५० वटा तुइन रहेका प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयकाे तथ्याङ्कमा उल्लेख गरीएकाे छ ।
याे संख्या प्रदेशका १० मध्ये सात वटा जिल्लामा रहेका तुइनको विवरण हाे ।
सङ्कलन गरिएको विवरणअनुसार सबैभन्दा धेरै १५ वटा तुइन हुम्लामा रहेका छ । हुम्लामा कर्णाली नदीमाथि छ वटा तुइन रहेको विवरणमा उल्लेख छ ।
यसैगरी कालीकोटमा १२, जाजरकोटमा १२, सुर्खेतमा ८, डोल्पामा ३ र दैलेख र मुगुमा २/२ वटा तुइन रहेको जनाइएकाे छ ।
दैलेख, जुम्ला र रुकुम पश्चिमबाट विवरण प्राप्त भएको नभएको मन्त्रालयले जनाएको छ ।
कर्णालीलाई तुइनमुक्त बनाउने नीति लिएको छ । नीति तथा कार्यक्रममा यो योजना समेटेर बजेटसमेत विनियोजन गरिएको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा तुइन हटाउने नीति अनुरूप विवरण माग गरिएको थियो । साेहि विवरणका आधारमा तुइन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो ।
चालु आर्थिक वर्ष २०८२/८३ मा उक्त शीर्षकमा एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।

