पोखरा । सिद्धार्थ राजमार्गमा आइतबार (साउन ४) देखि रातिको समयमा सवारी चलाउन नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले एक सूचना जारी गर्दै सवारी चलाउन रोक लगाएको हो ।
कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जारी गरेको विज्ञप्तिमा लामो दुरीका सवारीसाधनहरू दिउँसो ४ बजेभित्रै छुटिसक्नुपर्ने जनाइएको छ ।
यो सडकमार्गमा गण्डकीबाट लुम्बिनी हुँदै कर्णाली, सुदूरपश्चिम प्रदेशसम्म सवारी चल्ने गरेका छन् ।
सुचना :


