काठमाडौँ । धरहरा खुल्ने समय थप भएसँगै धरहरा चढ्नेकाे सङ्ख्या दोब्बर बढेकाे छ । समय थप भएपछि धरहरा हेर्न आउनेहरूको सङ्ख्या दोब्बर भन्दा बढीले वृद्धि भएको धरहरा सञ्चालन तथा व्यवस्थापन इकाई सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए ।
पहिला दैनिक करिब ११ सयले धरहरा अवलोकन गर्ने गरेकोमा पछिल्लो ३ दिनमा ८ हजार ६ सय ३८ जनाले अवलोकन गरेकाे छन् ।
पहिले धरहरा दैनिक बिहान १० देखि बेलुका ४ बजेसम्म खुला गरिएकोमा अहिले समय थप गरिएको छ। साउन १ गतेबाट धरहरा सार्वजनिक बिदाका दिनमा खुल्नुका साथै बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुल्ला गरिएको हाे ।

