विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण भइसकेकाे छ : सुरेन्द्र पाण्डे

spot_img

काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नविकरण भइसकेकाे बताएका छन् ।

एमाले मुख्यालय च्यासलमा पत्रकारहरूसँग कुरा गर्दै उनले दुई वर्षअघि नै पार्टी सदस्यता नवीकरण गरिएको बताएका हुन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले हिजो शनिबार पोलिटब्युरो बैठकपछि भण्डारीको सदस्यता पेन्डिङमा रहेको जानकारी दिएका थिए । तर पाण्डेले पत्रकारको जिज्ञासाप्रति प्रतिप्रश्न गर्दै आइतबार अपराह्न भने, ‘सदस्यताबारे निर्णय गर्ने को हो ? उहाँको सदस्यता नवीकरण भइसकेको छ ।’

च्यासलमा ओली- भण्डारी बैठकमा सहभागी भएर पाण्डे निस्किएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार