ग्लोबल हिरो अवार्ड ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई

spot_img

काठमाडाैँ । यस वर्षको प्रतिष्ठित ग्लोबल हिरो अवार्ड ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई प्रदान गरिने भएको छ । नेपालका यी दुई प्रख्यात व्यक्तित्वलाई याे अर्वाड संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा ग्लोबल नेपालीद्वारा आयोजित एक भव्य समारोहमाआगामी जुलाई २७ मा प्रदान गरिनेछ ।

यस वर्ष विशेषगरी ज्ञानेन्द्र शाही र कुलमान घिसिङको राष्ट्र निर्माण र जनसेवामा पुर्‍याएको अतुलनीय योगदानको कदरस्वरूप यो अवार्ड प्रदान गर्न लागिएको हो । ज्ञानेन्द्र शाही युवा नेता र सामाजिक अभियन्ताका रूपमा परिचित छन् ।

त्यसैगरी, कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक हुनुहुन्छ, जसलाई लोडसेडिङ अन्त्यको श्रेय दिइन्छ । उनको कुशल नेतृत्व, दृढ इच्छाशक्ति र व्यवस्थापकीय क्षमताका कारण नेपालले दशकौँ लामो लोडसेडिङको अन्धकारबाट मुक्ति पाएको थियो ।

घिसिङको यो योगदानले नेपाली जनताको जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको छ र ‘अँध्यारोबाट उज्यालो’ ल्याउने नायकका रूपमा लोकप्रिय छन् ।

ग्लोबल नेपालीले हरेक वर्ष नेपालमा आ-आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै यो अवार्ड प्रदान गर्दै आएको छ ।

न्यूयोर्कमा आयोजना हुने यो कार्यक्रममा नेपाली डायस्पोराका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार