काठमाडौं । विश्व खेलकुदको सबैभन्दा बृहत् प्रतियोगिता ओलम्पिकमा १२८ वर्षपछि समावेश भएको क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।
बुधबार सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक (एलए २०२८) अन्तर्गत हुने क्रिकेटको तालिका सार्वजनिक भएको हो । आयोजकका अनुसार, एलए २०२८ मा क्रिकेटका खेलहरू ओलम्पिकको आधिकारिक उद्घाटनको दुई दिनअगावै सुरु हुनेछ । तालिकाअनुसार क्रिकेट २०२८ जुलाई १२ देखि सुरु हुनेछ । क्रिकेटको उद्घाटन खेल स्थानीय समयअनुसार बिहानको ९ बजेका लागि तय भएको छ ।

