भ्रष्टाचारी मन्त्री होस् वा सचिव कारबाही हुनुपर्छ, सरकार आँखा चिम्लीएर बस्दैन : मन्त्री गुरुङ

spot_img

काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रष्टाचारि जुससुकै ओहोदाको भएपनि कारबाही हुनुपर्ने र सरकारले भ्रष्टाचारीलाई कारबाही गर्ने बताएका छन् ।

बुधबार (असार ३२)  बुधबार सिंहदरबारमा सञ्चारकर्मीको प्रश्नमा घुस प्रकरणमा राजीनामा दिएका एमाले सांसद राजकुमार गुप्ताका विषयमा प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणबारे प्रश्नको जवाफ दिने क्रममा उनले मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिइसकेको र नयाँ मन्त्री आइसकेको समेत उल्लेख गरे ।

उनले अब सरकारले अनुसन्धानको प्रक्रिया अघि बढाउने र दोषी देखिए कारबाही गरिने बताए ।

“सामान्य प्रशासनमन्त्रीले प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिइसक्नुभएको छ । अर्को मन्त्री आइसक्नुभएको छ । यसमा छानबिन होला कि नहोला भन्ने प्रश्न छ । अघि बढ्दै जाला,” उनले भने, “तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्छ । त्यस्तो छ भने सरकारले आँखा चिम्लिनुपर्छ भन्ने कुरा रहँदैन ।”

मन्त्री गुरुङले गल्ती गर्ने जोकोही भए पनि कारबाही गरिने बताए । “हामी सबै भ्रष्टाचारमुक्त नेपाल चाहन्छौँ । त्यसको लागि भ्रष्टाचार अन्त्य होस् भन्ने चाहन्छौँ,” उनले भने, “भ्रष्टाचारी मन्त्री होस् वा कुनै सचिव वा कोही पदाधिकारी, जो भए पनि त्यसमाथि कारबाही हुनुपर्छ भन्ने हामी सबैको माग हो ।”

 

सम्बन्धित समाचार

ताजा समाचार