बैतडी र दार्चुलासित जोडिएका नेपाल–भारत सीमा नाका चार दिन बन्द हुने

spot_img

काठमाडाैँ । भारतको उत्तराखण्ड राज्यमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुलास्थित नेपाल-भारत सीमा नाका बन्द हुने भएको छ ।

यही जुलाई २४ र २८ (आगामी साउन ८ र १२ गते) भारतको उत्तराखण्ड राज्यमा पञ्चायत निर्वाचन हुँदै छ । उक्त निर्वाचनलाई मध्यनजर गरेर बैतडी र दार्चुलाका भारतसँग सीमा जोडिएका नाकाहरू बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

उनका अनुसार दार्चुलाको पुलघाट नाका जुलाई २१ (आगामी साउन ५ गते) बेलुकादेखि जुलाई २४ (साउन ८ गते) बिहानसम्म बन्द हुनेछन् । यस्तै, बैतडीको झुलाघाट नाका साउन ९ गतेदेखि साउन १२ गतेसम्म बन्द रहने उनले बताए ।

उक्त अवधिमा आकस्मिक रूपमा नाका खोल्नु परेमा दुवै देशको आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार