चितवन । त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला परेको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला स्थित त्रिशूली नदी किनारमा केही अङ्ग नभएको अवस्थामा एक पुरुषको शव फेला परेको हाे ।
अन्दाजी ४५/५० वर्षको देखिने सो शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए ।
उक्त शव गत मङ्गलबार रसुवामा आएको बाढीले बेपत्ता पारेको व्यक्तिको हुन सक्ने अनुमान गरिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

