धनगढी । कैलालीमा बाढीले बगाएका दुई महिलाको शव फेला परेको छ भने १ जना अझै सम्पर्क्विहिन रहेका छन् ।
दाउरा संकलन गर्न कान्द्रा नदीमा गएका बेला बाढीले बगाएर बेपत्ता भएकी घोडाघोडी नगरपालिका–४ माघी बस्ने ७० वर्षीया चुनबुदिया चौधरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । नदी किनारमा भेटिएको शव सनाखतपछि उनकै भएको खुलेको हो ।
यस्तै, गोदावरी नगरपालिका–२ को महराकटानस्थित गोदावरी नदी किनारमा अन्दाजी ५६ वर्षीया महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । विभत्स अवस्थामा रहेको शवको सनाखत हुन सकेको छैन । शवलाई सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
यस्तै, गौरीगंगा नगरपालिका–२ को पूरानो चौमाला बजार नजिकैबाट नदी तर्ने क्रममा बगेका अन्दाजी ५० वर्षका पुरुष भने भेटिएका छैन्न । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

