तिब्बतमा वर्षा, भोटेकोशी र सुनकोशी नदी असपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशाशनकाे आग्रह

spot_img

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी र सुनकोशी नदी असपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

चीनले नेपालसँग सीमा जोडिएको तिब्बत क्षेत्रको न्यालममा आज राति बढी वर्षा हुने सम्भावना रहेको सूचना प्राप्त गरेलगत्तै प्रशासनले मंगलबार एक सूचनामार्फत भोटेकोसी र सुनकोसी नदी आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको हाे ।

जिप्रका सिन्धुपाल्चोकले अरनिको राजमार्ग (बन्देउदेखि लिपिङ) मा सवारीसाधन चलाउँदासमेत सतर्कता अपनाउन भनेको छ ।

सुचना :

सम्बन्धित समाचार

ताजा समाचार