काठमाडाैँ । भोटेकोसी बाढीमा बेपत्ता हुनेको संख्या २० पुगेको छ । बाढीमा गोरखाका २ जना पनि सम्पर्कबिहीन भएसँगै बेपत्ताको संख्या २० पुगेको रसुवा प्रहरीले जनाएको हो ।
प्रहरीका गोरखाको पालुङ्टा नगरपालिका ६ का डीलबहादुर तामाङ र धनबहादुर तामाङ पनि बेपत्ता भएका हुन् ।
यसअघि सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार भन्सार यार्डमा काम गर्नेमध्ये ९ नेपाली र ६ जना चिनियाँ गरी १५ जना सम्पर्कविहीन थिए ।
यस्तै, नेपाली सेनाका अनुसार रसुवामा मंगलबार बिहान भोटेकोसीको आएको बाढीमा फसेका ५५ जनाको उद्धार गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उनीहरूको उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये ५१ जना पुरुष र ४ जना महिला छन् ।
यसैगरी रसुवामा आएको बाढीले ४ वटा जलविद्दुत आयोजनामा क्षति गर्नुका साथै रसुवागढीमा १०० वटा भन्दाधेरै गाडी बगाउँदा अरबाैकाे क्षति भएकाे छ।

