रसुवा बाढीमा बेपत्ता भएका नागरीककाे नामावली सार्वजनिक

spot_img

काठमाडौँ । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित भोटेकोसीको आएको बाढीमा परी बेपत्ता भएका १८ जनाकाे पहिचान सार्वजनिक गरेको छ ।

वेपत्ता परेका नागरीककाे नामावली :

बेपत्ता ३ प्रहरी

  • प्रहरी चौकी हाकु रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत जिल्ला रामेछाप लिखु तामाकोसी गाउँपालिका वडा नं. ४ बस्ने वर्ष ४२ का प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ
  • जिल्ला प्रहरी कार्यालय पर्सा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत जिल्ला बारा फेटा गाउँपालिका वडा नं.०१ बस्ने वर्ष २४ का प्रहरी जवान मुन्ना ठाकुर
  • प्रहरी चौकी लाङटाङ रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत जिल्ला बझाङ बुंगल नगरपालिका वडा नं. ९ बस्ने वर्ष २३ का प्रहरी जवान लोकेन्द्र बोहोरा

बेपत्ता ९ नेपाली नागरिक

  • बर्दियाका ३६ वर्षीया जिपन चौधरी
  • बर्दियाकै वर्ष ३५ का सन्तोष दइत
  • बर्दियाकै वर्ष २५ का बुद्धिराम राम थारु
  • बर्दियाकै वर्ष २४ का लक्ष्मीनारायण थारु
  • बर्दियाकै वर्ष ३० का सुरेश थारु
  • बागलुङ घर भएका वर्ष नखुलेका नरेन्द्र वि.क.
  • सिन्धुपाल्चोक घर भएका कन्टेनर डिब्बा चालक वर्ष नखुलेका फुर्वा लामा
  • ठेगाना नखुलेको मिक्चर चालक गोविन्द मोक्तान
  • ठेगाना नखुलेका हाइलक्स चालक लोकमान तामाङ

यस्तै बाढीमा हराइरहेकाे ६ जना चिनियाँ नागरिक 

  • चिनियाँ पुरुष यु युए
  • चिनियाँ पुरुष लि हुक्वाइङ
  • चिनियाँ पुरुष नै याङ चुआन
  • चिनियाँ पुरुष यु हाइ हाङ
  • चिनियाँ पुरुष यु छिआओ कुई
  • चिनियाँ पुरुष जोउ योङ

सम्बन्धित समाचार

ताजा समाचार