त्रिशुली नदिमा २ जनाकाे शव फेला, जल्दै गरेकाे चिता पनि बाढीले बगायाे

spot_img

काठमाडौं । धादिङस्थित त्रिशूली नदीमा दुई जनाको शव फेला परेकाे छ । नदी किनारमा लेदो माटोमा डुबेको अवस्थामा दुई पुरुषकाे शव भेटिएको हो ।

नुवाकोटको उपल्लो भूभागबाट बाढीले बगाउँदै ल्याएको अवस्थामा धादिङस्थित त्रिशूली नदी किनारमा दुई शव भेटिएको प्रहरीले जनाएको छ । त्रिशूलीको बहाव बढेसँगै धादिङको गजुरी गाउँपालिका–६ बेल्खु र गल्छी गाउँपालिका–२ केउरेनीमा एक एक शव भेटिएका हुन् ।

मृतकको पहिचान भएको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

यस्तै, बिहानैदेखि त्रिशूली नदीमा पानीको बहाव अत्यधिक बढ्दा धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित त्रिशूली किनारमा जलाउँदै गरेको एउटा शव समेत नदीले बगाएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले संयुक्त रूपमा सुचना जारी गरी असार २३ गते राति भारी वर्षासँगै त्रिशूली नदीको शिर क्षेत्रमा पानीको बहाव उच्च हुँदै गएकाले नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

सम्भावित बाढी, पहिरो वा अन्य प्राकृतिक विपद्का घटनाबारे नजिकैको सुरक्षा निकायलाई तुरुन्तै जानकारी गराउन पनि प्रहरीले अनुरोध गरेको छ।

सम्बन्धित समाचार

ताजा समाचार