एसपीलाई ‘लुटेरा’ को आरोप लगाएका जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

spot_img

काठमाडाैँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश अध्यक्ष अशोक यादवविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

अध्यक्ष यादवले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई टेलिफोन गरेर ‘लुटेरा’ को भनेकाे आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । अध्यक्ष यादवविरूद्ध जिल्ला अदालत सर्लाहीबाट शुक्रबार पक्राउ पुर्जी जारी भएको छ ।

उनीमाथि आपराधिक उपद्रव कसुरमा पक्राउ पुर्जी लिइएको जनाएको छ।

सर्लाहीमा प्रहरीले व्यापारीहरूलाई दु:ख दिने गरेको भन्दै अध्यक्ष यादवले एसपीलाई बिहीबार टेलिफोन गरी कुराकानी गरेका थिए ।

सो क्रममा उनले एसपी खड्कालाई लुटेरा भनेको आरोप छ ।

 

सम्बन्धित समाचार

ताजा समाचार