सुर्खेत । जाजरकोटमा भिरमाथिबाट खसेको ढुङ्गा लागेर टहरामा सुतिरहेका एकै घरका दिदी-बहिनीको मृत्यु भएकाे छ ।
कुशे गाउँपालिका–३ तर्पेनामा बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेका १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाकाे मृत्यु भएको हाे ।
राति ९ बजेतिर भिर माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए ।
प्रहरीसमेत घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

