दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतकाे आदेश

spot_img

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएकाे छ ।

न्यायाधीश खेमराज भट्टराईको इजलासमा आजै उनीविरुद्ध २५ हजार धरौटी माग गर्ने आदेश गरेको हो ।

साइबर अपराध गरेको आरोपमा मुद्दा दायर भएसँगैं पाठक बिहीबार काठमाडौं जिल्ला अदालत उपस्थित भएका थिए ।

युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले पाठकविरुद्ध १६ असारमा मुद्दा दायर गरेको थियो ।

प्रहरीले पक्राउ पूर्जी जारी गरेर पाठकमाथि अनुसन्धान अघि बढाउन खोजेको थियो । उच्च अदालतले ५ असारमा पक्राउ नगर्नु भनी आदेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थिएन । त्यसपश्चात भने पक्राउ नगरी प्रहरीले उनीविरुद्ध मुद्दा दायर गरेको थियाे ।

हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जाेडेको भन्दै उनीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार