कैलाली । आइतबार देखि परेकाे पानीले धनगढी उपमहानगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन् ।
उपमहानगरपालिकाको वडा नम्बर ५, ८ र १२ लगायतका टोल का अधिकांश घरमा पानी पसेपछि स्थानीयहरूको सामानमा क्षति पुगेको छ ।
जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार धनगढी विमानस्थलको स्टेसनमा पछिल्लो २४ घण्टामा २०२.२ मिलिमिटर वर्षा मापन भएको छ । विभागले खतराको सङ्केत नै जारी गरेको हो ।
उपमहानगरपालीकाका अधिकांश सडक जलमग्न छन् । जसकारणा कारण सवारी साधन हिड्न समेत समस्या भएको छ । पानीका कारण बाटो नै डुबानमा परेपछि विभिन्न विद्यालयले सूचना जारी गरेर विदा दिएका छन् ।
मौसम पूर्वानुमान महाशाखाले पनि सुदूरपश्चिमका पहाडी तथा तराई भू–भागमा अझै केही समय वर्षा जारी रहने पूर्वानुमान गरेको छ। महाशाखाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।





