प्रधानमन्त्री ओली किन जाँदैछन् स्पेन भ्रमणमा ?

spot_img

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणको तयारी पूरा भएको छ । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ (एफडीडी-४) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन भ्रमण गर्ने जाने भएका हुन् ।

स्पेनको सेभिल्लामा हुने यो महत्त्वपूर्ण सम्मेलनका लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीको भ्रमण हुन लागेको हो ।

विकासका लागि वित्तसम्बन्धी यो सम्मेलनमा विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरू सहभागी हुनेछन् ।

नेपालले हाल अल्पविकसित मुलुकहरूको अन्तर्राष्ट्रिय समन्वयको अध्यक्षता गरिरहेकोले नेपालले अल्पविकसित, साना र टापु मुलुकको आवाज समेतलाई अगुवाइ गर्दै सम्मेलनमा वकालत गर्नेछ । यसका साथै धनी मुलुकले गरिब र साना मुलुकका लागि गरेका लगानी प्रतिबद्धताको कार्यान्वयनका लागि पनि सम्मेलनमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री ओली असार असार १६ गतेदेखि १९ गतेसम्म हुने सम्मेलनमा सहभागिता जनाउने छन् । प्रधानमन्त्रीको नेतृत्वको उच्चस्तरीय सरकारी टोली (भ्रमण दल)मा २१ सदस्य रहेका छन् ।

नेपालबाट हुन लागेको यो उच्चस्तरको भ्रमणले विकसित मुलुकबाट नेपालमा हुने लगानी वृद्धि तथा स्पेनलगायत युरोपेली मुलुकका पर्यटक आकर्षणमा योगदान पुग्ने विश्वास गरिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार