काठमाडौं । सरकारले इजरायलमा रहेका नेपाली नागरिकको उद्धार तथा स्वदेश फर्किन इच्छुक नेपालीहरुकाे नामावली संकलन सुरु गरेको छ ।
इरानसँगको संघर्ष चर्किएकाले इजरायलको तेल अविवस्थित नेपाली दूतावासले अनलाइन फारम भर्न मिल्ने लिंक सार्वजनिक गरेको छ र त्यसमा आफ्ना विवरण भर्न भनेको छ ।
युद्धपछिको जटिल परिस्थितिमा त्रास वा समस्यामा परेका नेपालीको अवस्थाबारे तथ्यांक संकलन गरिने उल्लेख छ ।
इजरायलमा करिब ५५० र इरानमा १२ जना नेपाली छन् ।

