अबकाे ३ महिना काठमाडौं महानगरमा सडक र फुटपाथ खन्न राेक

spot_img

काठमाडौँ । काठमाडौं महानगरपालिकाले अबकाे तीन महिना सडक र फुटपाथ खन्न रोक लगाएको छ ।

महानगरपालिकाको सार्वजनिक निर्माण विभागले जारी गरेको सूचना अनुसार असार १ गतेदेखि भदौ मसान्तसम्म सार्वजनिक सडक, फुटपाथ खन्न स्वीकृति र सहमति दिने कार्य रोकिएको छ । तर, जारी रहेका काम भने नरोकिने महानगरपालिकाले जनाएको छ ।

वर्षायाममा सडक र फुटपाथ खन्दा सवारी र पैदलयात्रीलाई आउ–जाउ गर्न गाह्रो हुने भएकाले हरेक वर्ष त्यस्ता काम गर्न रोक लगाउने गरिन्छ ।

सम्बन्धित समाचार

ताजा समाचार