काठमाडौँ । नारायणघाट-मुग्लिन सडकमा सुक्खा पहिरो खसेर यातायात अवरुद्ध भएको छ ।
मंगलबार मध्यान्ह १२ बजेतिर नारायणघाट-मुग्लिन सडकको तुईन खोला पुल नजिकै सुक्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालयले जनाएकाे छ ।
नयाँ पुल निर्माण गर्नेक्रममा पहरो काटिएको स्थानबाट पहिरो खसेको हो । अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ ।

