काठमाडौँ । राजावादीको हिंसात्मक प्रदर्शनमा गोली लागेगी रेबिका खत्री ७९ दिनपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।
तीनकुनेमा राजावादीकाे प्रदर्शनका क्रममा बाटोमा हिडिरहेको समयमा प्रहरीले चलाएको गोली रेबिका खत्रीकाे दाहिने खुट्टामा लागेकाे थियाे । गोलीले भित्रि नसासमेत फुटेपछि उनको १० पटक शल्यक्रिया गरिएको थियो ।
चैत्र १५ गते राजसंस्थापक्षधरले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक हुन पुगेपछि प्रहरीले गोली चलाएकाे थियो ।
त्यस समयमा रेविका र उनका दाई कुमार खत्रीमाथि पनि प्रहरीले गोली चलाएको थियो । कुमार केही समयको उपचारपछि डिस्चार्ज भएका थिए भने रेविका ७९ दिनपछि हिजो सोमबार साँझ डिस्चार्ज भएकी छिन् ।
तीनकुने प्रदर्शनकाक्रममा दुई जनाको मृत्यु भएको थियो।

