गृहमन्त्री रमेश लेखकले भेटे फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टरलाई

spot_img

काठमाडौँ । सामाजिक सञ्जालमा अलबिदा लेखेर सम्पर्कविहीन भएका डाक्टर केशव श्रेष्ठलाई गृहमन्त्री रमेश लेखकले भेटेका छन् ।

मंगलबार बिहान भैँसेपाटीस्थित मन्त्री क्वार्टरमा मन्त्री लेखकले डाक्टर श्रेष्ठलाई भेटेका हुन् ।

भेटमा मन्त्री लेखकले डाक्टर श्रेष्ठको समस्याबारे सोधेका थिए । जसमा उनले आफूमाथि अन्याय भएको र यसबारे सुनाउँदा कतैबाट पनि सुनुवाइ नभएको गुनासो गरेका थिए ।

सोमबार बिहान डाक्टर श्रेष्ठले सामाजिक सञ्जालमा अलबिदा भनेर गएका थिए । उनले प्रशासनिक अन्याय, मनोवैज्ञानिक दबाब र झुटा आरोपका कारण आफू आत्महत्या गर्न लागेको भन्दै सोमबार बिहानदेखि सम्पर्कविहीन भएका थिए ।

नी सम्पर्कविहीन भएपछि प्रहरीको विभिन्न युनिटले उनको खोजी गरेको थियो ।

खोजी गर्नेक्रममा दिउँसो करिब २ बजेतिर बालाजुस्थित एक रिसोर्टमा फेला परेका थिए ।

 

 

सम्बन्धित समाचार

ताजा समाचार