काठमाडाैं, १० फागुन । चालु आर्थिक वर्षको ७ महिनामा २५ अर्ब ८७ करोड ७८ लाख २५ हजार रुपैयाँको तरकारी आयात भएको छ ।भन्सार विभागको तथ्यांक अनुसार माघ मसान्तसम्ममा २५ अर्ब ८७ करोड ७८ लाख २५ हजार रुपैयाँको तरकारी आयात भएको हो ।
उक्त तरकारी आयात हुँदा ५ अर्ब १७ करोड ८ लाख ८६ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको छ ।
सोही अवधिमा १२ अर्ब ३२ करोड २२ लाख ११ हजार रुपैयाँको फलफूल आयात भएको छ । उक्त पफलफूल आयात हुँदा ३ अर्ब ८९ करोड ४१ लाख ३३ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

