काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सोमबारको तुलनामा मंगलबार झन् बढी गर्मी हुने सम्भावना देखाएको छ । विभागले धनगढी, नेपालगञ्ज र भैरहवामा सबैभन्दा बढी गर्मि हुने जनाएकाे हाे ।
सोमबार नेपालगञ्जको अधिकतमक तापक्रम ४१ डिग्री सेल्सियस पुगेको थियो । त्यस्तै धनगढीको ४०.२, भैरहवाको ४० डिग्री सेल्सियस पुगेको थियो । काठमाडौंको अधिकतमत तापक्रम ३१.६ डिग्री पुगेको थियो ।
विभागका अनुसार मंगलबार नेपालगञ्जको अधिकतम तापक्रम ३९–४१, भैरहवाका ३९–४१, धनगढीको ३९–४१, दाङको ३९–४१, विराटनगरको ३६–३८, दिपायलको ३७–३९, घोराहीको ३५–३७, वीरगञ्जको ३६–३८, धरानको ३५–३७, सिमराको ३६–३८ ४०।० डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।
विभागले बुधबारदेखि तापक्रम घट्ने बताएकाे छ । बिहीबारदेखि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेकाले गर्मी कम हुने विभागकाे प्रक्षेपण छ।
त्यस्तै आज ताप्लेजुङ, धनकुटा, जिरी, पोखरा, वीरेन्द्रनगर लगायतका शहरमा हल्का पानी पर्ने सम्भावना रहेकाे विभागले जनाएकाे छ ।
त्यस्तै, आज कोशी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ। कोशी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ र । देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको विभागले जनाएकाे छ ।

