वातावरण दिवस र प्लाष्टिक प्रदुषण

spot_img

काठमाडौँ । आज जुन ५ अर्थात् विश्व वातावरण दिवस । वातावरण दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदै छ । सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो ।

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यले सन् १९७२ को ५ देखि १६ जूनसम्म संयुक्त राष्ट्रको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी ५ जून १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन शुरू गरिएको हो ।

यस वर्ष संयुक्त राष्ट्रसंघकाे ‘प्लाष्टिक प्रदूषणलाई हराउनुहोस्’ भन्ने नारा रहेकाे छ । आज दक्षिण कोरियामा विशेष कार्यक्रमका साथ यो दिवस मनाइने संयुक्त राष्ट्रसंघले जनाएको छ ।

नेपालमा ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विभिन्न स्थानमा वातावरण दिवस मनाइँदै छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश जारी गर्दै प्लाष्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले सिर्जना गरेको प्लाष्टिकजन्य फोहोर वातावरणीय दृष्टिले चुनौतीपूर्ण बन्दै गएकोले हामी सबैले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न आग्रह समेत गरेका छन् ।

विश्व वातावरण दिवस २०२५ को विषयवस्तु प्लाष्टिक प्रदूषण अन्त्यमा केन्द्रित छ । यो विषयवस्तुले देखिने फोहोरदेखि माइक्रोप्लाष्टिकसम्म प्लाष्टिक प्रदूषणको व्यापक प्रभावहरूलाई विशेष जोड दिनेछ, र प्लाष्टिकको प्रयोगलाई कम गर्न, पुनः प्रयोग र पुनर्विचार गर्न समाधानहरूलाई प्रोत्साहित गर्नेछ ।

राष्ट्रसंघका अनुसार हरेक वर्ष पृथ्वीमा ४० करोड टन प्लास्टिकजन्य फोहोर उत्पादन हुने गरेको, उत्पादित त्यस्तो फोहोरमध्ये त्यसको १० प्रतिशत मात्र पुनः प्रयोग हुने तथा एक करोड १० लाख टन प्लास्टिक नदी, तलाउ र महासागरमा विसर्जन हुने गरेको छ ।

 

 

सम्बन्धित समाचार

ताजा समाचार