गण्डकी सरकारले स्थगन गर्‍यो सेयर राइडिङ नियमावली

spot_img

काठमाडौँ । गण्डकी प्रदेश सरकारले राइड सेयरियङ नियमावली स्थगित गर्ने निर्णय गरेको छ ।

सरकारले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङ नियमावली स्थगित गर्न पत्र पठाएपछि गण्डकी प्रदेश सरकारले राइड सेयरियङ नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको हाे ।

मुख्यमन्त्री कार्यालयमा भएको बैठकलगत्तै विज्ञप्ति जारी गर्दै वार्ता समिति संयोजक भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव कमलकुमार अधिकारीले पुनः वार्ताको आह्वान गर्ने गरी नियमावली कार्यान्वयन प्रक्रिया स्थगित  भएको जानकारी दिए ।

‘नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक यातायात बन्दका कार्यक्रम फिर्ता गरी जनजीवन सामान्यीकरण गर्ने वातावरण निर्माणको लागि राइड सेयरिङसम्बन्धी प्रावधानको कार्यान्वयन हाललाई स्थगन गर्न अनुरोध भई आएकोले यसपूर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेशबाट गठन भएको वार्ता समितिले सरोकारवाला पक्ष (यातायात सम्बन्धित महासंघ र संघ संगठनहरु) लाई वार्ताका लागि पुनः आह्वान गरी वार्ता सम्पन्न गर्न एक महिनाको अवधि तोक्ने र उल्लेखित अवधिभर गण्डकी प्रदेश राईड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली २०८२ बमोजिमका राईड सेयरिङसम्बन्धी प्रावधानको कार्यान्वयन गर्ने कार्य प्रक्रिया स्थगन गर्ने भनि निर्णय भएको व्यहोरा जानकारीको लागि सबैमा अनुरोध छ’, प्रेस विज्ञप्तिमा भनिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार