काठमाडौँ । सार्वजनिक यातायातले बन्दको समयमा यात्रु बोकेको भन्दै आन्दोलनरत यातायात व्यवसायीले गाडी रोक्ने र यात्रु झार्ने गरेका छन् ।
जडीबुटीस्थित अरनिको बसपार्कमा यातायात व्यवसायीले बन्दको अवज्ञा गरेको भन्दै बाटोमा प्रदर्शन समेत गरेका छन् ।
बन्दको समयमा यात्रु बोकेका सार्वजनिक बसहरूलाई रोकेर यात्रु झर्ने काम गरेपछि केही व्यवसायीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । जसका कारण प्रहरी र यातायात व्यवसायीबीच तनावको अवस्था समेत सिर्जना भएको छ ।
काठमाडौंको जडिबुटीस्थित अरनिको बसपार्क अगाडि यातायात व्यवसायीहरूले मयुरको गाडी रोकेका छन् ।
प्रदर्शनका क्रममा ना १ ज ६९७३ नम्बरको सुमो गाडीको झ्यालको सिसामा तोडफोड गरेर क्षति पुर्याएका छन् ।
व्यवसायीहरू सडकमा उत्रिएपछि केहीबेर जडिबुटी क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो ।
राइड सेयरिङको विरोध गर्दै गण्डकीबाट सुरु गरिएको यातायात हडताल हिजोदेखि देशैभर जारी राखेकाे छ ।

