काठमाडौं । सार्वजनिक यातायात व्यवसायीले भोलिदेखि सार्वजनिक यातायात सेवा ठप्प पार्ने घोषणा गरेका छन् ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेपछि देशव्यापी आन्दोलन घोषणा गरेका व्यवसायीहरुले भोलिदेखि सवारीसाधन घर, ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका हुन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजजुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै सेवा ठप्प पार्ने जनाएका छन् ।
गण्डकी प्रदेश सरकारलेगण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै व्यवसायी रुष्ट छन् ।
प्रदेश सरकार र संघ सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै बाध्य भएर सेवा बन्द गर्न लागिएको व्यवसायीको तर्क व्यवसायीकाे छ । सेवा ठप्प हुँदा यात्रु तथा सरोकारवाला पक्षलाई पर्न जाने असुविधाको जिम्मा पनि सरकारले लिनुपर्ने उनीहरुको भनाइ छ ।


