डाेटी । डोटीकाे केआइसिंह गाउँपालिका–५, केदारगाउँमा भएकाे जिप दुर्घटनामा परी घाइते भएका मिनबहादुर बमकाे मृत्यु भएकाे छ ।
बोगटानबाट दीपायलतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ज १४६४ नम्बरको बोलेरो जिप केआइसिंह गाउँपालिका–५, केदारगाउँमा दुर्घटना हुँदा आठ जना घाइते भएका थिए । घाइतेमध्येका डोटीको बोगटान फुड्सिल गाउँपालिका–६, गगुडाका मिनबहादुर बमकाे मृत्यु भएकाे हाे ।
घाइते हुनेमा जिप चालक कैलालीको धनगढी उपमहानगरपालिका– १८, फुलवारीका २४ वर्षीय हरिचन्द्र चौधरी, चनादेवी चन्द, महेश्वरादेवी चन्द, बीर्मादेवी चन्द, केआइसिंह गाउँपालिका–४, वायलका नरेशप्रसाद जोशी, डडेल्धुराको गन्यापधुरा गाउँपालिका– ३, सकायलकी राधिका देउवा र उनकी दुई वर्षीया छोरी रियान्सा देउवा रहेकाे जिल्ला प्रहरी कार्यालय डोटीले जनाएकाे छ ।
घाइतेमध्येकै चनादेवी चन्दको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि शैलेश्वरी अस्पताल दीपायल लगिएको छ ।

