पूर्वी नेपालबाट भित्रियाे मनसुन, विपदकाे जाेखिम बढ्ने सम्भावना

spot_img

काठमाडौं । नेपालमा सरदरभन्दा १५ दिन अगावै मनसुन भित्रिएको छ ।

गएरातिबाट मनसुन प्रवेश गरेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएकाे छ ।  पूर्वी नेपालबाट मनसुन प्रवेश गरेर कोशी प्रदेशका अधिकांश क्षेत्रमा विस्तार भएको पनि विभागले जानकारी गराएको छ ।

जुनदेखि सेप्टेम्बर महिनासम्मको अवधिलाई मनसुनको अवधि मानिन्छ । सामान्यतया नेपालमा जुन १३ तारिखदेखि मनसुन सुरु भएर अक्टुबर २ तारिखमा बाहिरिन्छ ।

यो वर्ष सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म रहेकाे छ । विशेषगरी कर्णाली र गण्डकी प्रदेशका अधिकांश भूभाग र लुम्बिनी प्रदेशको उत्तरी भूभागमा ५५ देखि ६५ प्रतिशत वर्षा हुने आकलन विभागले गरेकाे छ ।

सरदरभन्दा बढी पानी पर्दा यसले निम्त्याउने विपद पनि बढ्छ नै । अझ पोहोर सालकाे बाढी पहिराेका कारणा बिग्रेकै संरचना र बिग्रेको ठाउँ बनाउन नसक्दा अलिकति मात्र पानी पर्‍यो भने त्यसले निम्त्याउने विपदकाे जाेखिम झनै बढ्छ ।  जसकारणा यसपटक थप क्षति हुने सम्भावना समेत बढेकाे छ ।

सम्बन्धित समाचार

ताजा समाचार