भारतमाा काेराेना संक्रमित बढे, संक्रमणबाट १२ जनाकाे मृत्यु, चार नयाँ भेरियन्टका बिरामी भेटिए

spot_img

काठमाडौँ । भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ८१ पुगेको छ । संक्रमण देखिएकामध्ये गुजरातमा १३ जना संक्रमित निको भएका छन् भने भारतका विभिन्न राज्यमा १२ जना कोरोना संक्रमितकाे मृत्यु भएकाे छ ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार सबैभन्दा धेरै  ४३० सक्रिय संक्रमित केरला राज्यमा देखिएका छन् । मंगलबार मात्र कर्नाटकमा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित भेटिएका छन् ।

महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा ११ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसको नयाँ भेरियन्टबाट उत्तर प्रदेशको फिरोजाबादमा मंगलबार ७८ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।

भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का निर्देशक डा. राजीव बहलका अनुसार हालसम्म भारतमा एलएफ.सेभेन, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ गरी चार नयाँ कोरोना भेरियन्ट देखिएका छन् ।

विश्व स्वास्थ्य संगठनले यी भेरियन्टलाई ‘चिन्ताजनक’ नभई ‘निगरानी योग्य’ श्रेणीमा राखेको छ।

जेएन.१ भारतमा सबैभन्दा धेरै भेटिएको भेरियन्ट हो ।

जेएन.१ ओमिक्रोनको बीए.२.८६ भेरियन्टले प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ ।

अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार, जेएन.१ भेरियन्ट अरूभन्दा छिटो फैलिने भए पनि खासै गम्भीर हुँदैन ।

त्यस्तै एनबी.१.८.१ भेरियन्टले अन्य भेरियन्टकाे तुलनामा छिटो फैलन्छ र अघिल्लो संक्रमण वा खोपबाट बनेको प्रतिरक्षा प्रणालीलाई पनि यसले सहजै छल्न सक्छ ।

सम्बन्धित समाचार

ताजा समाचार