हर्क साम्पाङले २०८४ मा हुने स्थानीय तथा संसदीय निर्वाचनमा उम्मेदवारी दिने

spot_img

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले विसं २०८४ मा हुने स्थानीय तथा संसदीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बेदाग र इमान्दार व्यक्तिलाई उम्मेदवार बनाउने उनको भनाइ छ । साम्पाङले मङ्गलवार बिहान फेसबुक पेजमा लेखेका छन्, ‘८४ मा हामी सबै पालिका र निर्वाचन क्षेत्रहरुबाट उम्मेद्वारी दिनेछौं । दाग नलागेका इमानदार र काम गर्न चाहनेहरु हाम्रा उम्मेद्वार बन्नेछन् ।’

राई विसं २०७९ को चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर उपमहानगर प्रमुख निर्वाचित भएका थिए ।

उनी लोकप्रिय मानिए पनि सामाजिक सञ्जालमा लेखेका तथा बोलेका कुराले उनी बेलाबखत विवादमा पर्ने गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार