तीनकुनेमा भएकाे हिंसात्मक घटनामा दुर्गा प्रसाईंसहित ८ जनालाई कर्तव्य ज्यानको कसुरमा मुद्दा

spot_img

काठमाडौं । चैत १५ मा तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा पक्राउ परेकाहरू मध्ये ८ जनालाई कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको छ ।

आन्दोलनका जनकमान्डर भनिएका दुर्गा प्रसाईंसँगै हरिहरि चौलागाईं, तारा राजावादी भनिने सरोज गौतम, शतिश न्यौपाने, गोकर्ण शाही, दण्डपाणि रेग्मी, सन्तोषकुमार सिलवाल र हेमराज थारूविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर गरिएको छ ।

तीनकुनेमा हिंसात्मक प्रदर्शन हुँदा सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । सोही घटनामा उनीहरूलाई प्रतिवादी बनाउँँदै मुद्दा दायर गरिएको हो ।

त्यस्तै, राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाविरूद्ध पनि राजद्रोहमा मुद्दा दर्ता हुने भएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार