भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनबाट १५ कर्मचारीकाे सरुवा

spot_img

काठमाडौँ । भिजिट भिसा दुरूपयाेग प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट १५ जना कर्मचारीको सरुवा भएकाे छ । गृहमन्त्रालयले आज दुई चरणमा १४ जना र यसअघि उपसचिव तीर्थराज भट्टराईसहित गरेर १५ जना कर्मचारीलाई सरुवा गरिएको हो ।

भट्टराईलाई ७ गते अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । उनी जेठ ६ गतेमात्रै गृहमन्त्रालयमा सरुवा भएका आएका थिए । अख्तियारले अहिले भट्टराईको मोबाइल पनि नियन्त्रणमा लिएर फरेन्सिक ल्याबमा पठाइसकेको छ ।

गृहमन्त्रालयले भिजिट भिसा दुरूपयाेग प्रकरणमा अध्यागमन कार्यालयका उच्च तहका कर्मचारीहरूकै संलग्नता भएको आशंकापछि नायब सुब्बा र कम्प्युटर अपरेटरको पनि सरुवा गरेको हो। अख्तियारले आयोगमा भएका कम्प्युटरलगायत विभिन्न डिभाइसहरू यसअघि नै नियन्त्रणमा लिइसकेको छ ।

९ जना नायब सुब्बा ५ जना कम्प्युटर अपरेटरहरू र १ जना सहायक कम्प्युटर अपरेटरलाई सरुवा गरिएको छ।

अध्यागमनमा काम गरीरहेका केहि कर्मचारीलाई भट्टराईले प्रयाेग गर्दै आएकाे भन्ने उजुरीप गृहमन्त्रालयले सरूवा गरेकाे बताइएकाे छ ।

सम्बन्धित समाचार

ताजा समाचार