खाना पकाउँदा तेल भनेर झुक्किएर डिजेल हालेपछि आगलागी, २ जना घाइते

spot_img
काठमाडौँ । मकवानपुरमा खाना बनाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका छन् । साँझ मासु पकाउँदा तेल भनेर झुक्किएर तातो कराईमा डिजेल हालेपछि आगो उत्पन्न भइ बुधबार साँझ आगलागी भएकाे थियाे ।
आगलागीबाट हेटौंडा उपमहानगरपालिका-८ कमानेको नमुना टोलस्थित देवान बाबुको घरमा डेरा गरी बस्ने वीरगन्जकी १३ वर्षीया असिया खातुन र  भारतको मोतिहारी जिल्लाको आदामपुरग्राम कलबारी मझौलिया बस्ने २५ वर्षीया अफ्रिदा खातुन घाइते भएका छन्।
आगलागीबाट असियाको अनुहार, हात, पिठ्यूँ र खुट्टा जलेर घाइते  भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
घाइते दुवैलाई हेटौंडा अस्पताल पठाइएको छ ।
उक्त घरमा लागेको आगो केहीबेरमै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार