काठमाडौँको गौशालामा बस अनियन्त्रित भई ८ सवारी साधनमा ठाेक्किदा ३ जना घाइते

बाबा गोकर्णेश्वर यातायातको  एयरपोर्टतर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बस बिहान १०:५५ बजे अनियन्त्रित भई सडकमा गुडिरहेका ८ सवारीमा समेत ठक्कर दिएको थियो ।

spot_img

काठमाडौँ । काठमाडौँको गौशालामा यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना भएको छ ।

बाबा गोकर्णेश्वर यातायातको एयरपोर्टतर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बस बिहान १०:५५ बजे अनियन्त्रित भई सडकमा गुडिरहेका ८ सवारीमा समेत ठक्कर दिएको थियो । दुर्घटनामा तीन जना घाइते भएको छन् ।

अनियन्त्रित बसका चालक भने फरार रहेको काठमाडौँ प्रहरी परिसरले जनाएकाे छ । बसले बा ५ ख ७३१ नम्बरको माइक्रोबस, बा.प्र-०१-०२६ च ८५७६ नम्बरको कार, बी एसी ९७७३ नम्बरको कार, बा १६ च ४४५२ नम्बरको कार, प्र-२-०१-००३ प १००५ नम्बरको मोटरसाइकल, बा ५१ प २२ नम्बरको मोटर साइकल, बा.प्र-०२-०४६ प ४८१९ नम्बरकोस स्कुटरलाई ठक्कर दिएको हो ।

दुर्घटनामा बा ५१ प २२ नम्बरका मोटरसाइकल चालक धादिङका राजकुमार श्रेष्ठ, बा ५१ प २२ नम्बरको मोटरसाइकलका पछाडि सवार नुवाकोटका विकास कट्टेल र प्र-२-०१-००३ प १००५ नम्बरको मोटरसाइकल चालक खोटाङका शैलेन्द्र राई सामान्य घाइते भएको प्रहरी जानकारि दिएकाे छ । घाइतेकाे केएमसि अस्पतालमा उपचार भइरहेकाे छ ।

सम्बन्धित समाचार

ताजा समाचार