देशको पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्ग सहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

spot_img

काठमाडौँ । हाल देशभर माैसम बदली भएकाे छ । बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

देशका उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक/दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ ।

मधेश,  कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराईका भू-भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

 

 

 

सम्बन्धित समाचार

ताजा समाचार