नयाँ बानेश्वरकाे कात्यानी चोकमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

spot_img

काठमाडौँ । काठमाडौँकाे नयाँ बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३ वर्षीय बालक शिवांश झा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ । बागमती प्रदेश–०१–०३१ च ९५६३ नम्बरको कारले नयाँ बानेश्वरको कात्यानी चोकमा बालकलाई ठक्कर दिएको थियो ।

कात्यानीबाट भीमसेनागोलातर्फ जाने क्रममा कारले ठक्कर दिएपछि गम्भीर घाइते भएका झालाई उपचारका लागि केएमसी अस्पताल सिनामंगल लगिएको थियाे । घाइते भएका झाकाे उपचारको क्रममा मृत्यु भएको हाे ।

कार चालक रमेश कुमार श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

भारत घर भएका बालक झा परिवारसँग काठमाडौंमा बस्दै आएका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार