कोशी, बागमती र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङ्ग सहित वर्षा हुने

spot_img

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका केहि ठाउँहरूमा र बाँकी पहाडी भू-भागका मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च-पहाडी तथा हिमाली भू-भागका ‍केहि स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको माैसम मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । बाँकी भू-भागमा भने मूख्यतया सफा देखि आंशिक बदली रहनेछ ।

आज राती कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केहि स्थानमा र बांकी भु-भागका एक/दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग् सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक/दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार