टेरामक्स खरिद प्रकरणमा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर, बस्नेतकाे सांसद पद निलम्बन

टेरामक्स खरिद प्रकरणमा ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो कायम गरी सार्वजनिक सम्पत्ति हानी-नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको हो ।

spot_img

काठमाडौँ । टेरामक्स प्रणाली खरिद प्रकरणमा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । फोन कल विवरण, म्यासेज, इन्टरनेट डेटालगायत नागरिकको गोप्य विवरणमा पहुँच राख्ने दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) प्रविधि खरिद गर्दा भ्रष्टाचार गरेकाे भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकाे हाे ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आज बिहीबार उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले १६ व्यक्ति र २ कम्पनीविरुद्द मुद्दा दायर गरेकाे आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको प्रतिनिधि सभा सांसद पद स्वतस् निलम्बनमा परेको छ ।

दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरषोत्तम खनालसहितका प्राधिकरणका पूर्व महानिर्देशकहरुविरुद्ध पनि मुद्दा दायर गरिएको छ । ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो कायम गरी सार्वजनिक सम्पत्ति हानी-नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको हो ।

बस्नेत सूचना तथा सञ्चार मन्त्री भएको समयमा यो घोटाला भएको अख्तियारले उल्लेख गरेको छ ।

विवादास्पद यस प्रकरणमा अनुसन्धानका क्रममा अख्तियारले तत्कालीन मन्त्रीहरू ज्ञानेन्द्रबहादुर कार्की र मोहनबहादुर बस्नेतसहित मुख्यसचिव वैकुण्ठ अर्याल बाहेक सबैको बयान लिएको थियो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ अनुसार बस्नेत प्रतिनिधि सभा सांसद बाटबाट स्वतस् निलम्बित भएका छन् । संसमा सार्वजनिक पद धारण गरेको व्यक्तिउपर भ्रष्टाचार मुद्दा दायर भएमा पदबाट स्वतः निलम्बन भएको मानिने उल्लेख छ ।

२०७९ मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।

सम्बन्धित समाचार

ताजा समाचार