काठमाडौँ । काठमाडौँको नागढुंगामा थप्पड हानेकाे भिडियाेमा देखिएका ट्राफिक इन्स्पेक्टर र प्रहरी जवानलाई जिम्मेवारीबाट हटाइएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता शेखर खनालका अनुसार कुटाइ खाने र कुटपिटमा संलग्न दुवै प्रहरी कारबाहीमा परेका हुन् ।
केही समयअघि थानकोट नाकामा खटिएका ट्राफिक प्रहरीका एक निरीक्षकले थानकोट बृत्तका एक जवानलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीका अनुसार प्रहरी जवानले आर्थिक लेनदेन गरेको हुनाले ट्राफिक प्रहरी इन्स्पेक्टरले थप्पड हानेको बताएका छन्।
यसबारे थप सोधपुछ भइरहेको प्रशरीले जनाएकाे छ ।

