पोखरा । पोखरा बस दुर्घटनामा परेका २८ जनामध्ये २ जनाको अवस्था गम्भीर रहेकाे छ । दुर्घटनामा परी ६५ वर्षाय रेखा साहु र ६१ वर्षिय कोमलराम साहु गम्भीर रहेका छन् ।
२ जनाबाहेक अरूको अवस्था सामान्य रहेको मेडिकल कलेजमै पुगेका कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । बाँकीको अवस्था सामान्य रहेकाले होटलमै पठाउने तयारी भइरहेको एसपी ओलियाले बताए ।
भारत छत्तिसगढबाट ४९ जना मंगलबार राति पोखरा भ्रमणका लागि आइपुगेका थिए ।
उनीहरू बुधबार बिहान २ वटा बस रिजर्भ गरि पोखरा-२२ पुम्दीभुम्दीस्थित विशाल महादेशको मूर्ती दर्शन गर्न पुगेको र फर्किने क्रममा दुर्घटनामा परेका थिए ।

