अर्थमन्त्रीज्यू हिजो पनि सुतिराख्नुभएको थियो, हुनु र नहुनुमा केही फरक पर्दैन : दीपक सिंह

spot_img

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा आगमी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल चलिरहेको छ । छलफल चलिरहे पनि अर्थमन्त्री विष्णु पौडेल भने बैठकमा थिएनन् ।

अर्थमन्त्री पौडेल राष्ट्रियसभाको बैठकमा गएका थिए ।

बजेटको सिद्धान्त र प्राथमिकतामाथि बाेल्ने क्रममा अर्थमन्त्रीकाे अनुपस्थितिमाथि राप्रपाका सांसद दीपक सिंहले  कसिलो व्यंग्य हाने ।

उनले भने ‘विनियोपजित विधेयक २०८२ को सिद्धान्त र प्राथमिकतामा छलफल चल्दै गर्दा अर्थमन्त्रीज्यू यहाँ हुनु हुन्न । हिजो भए पनि सुतिराख्नुभएको थियो । हुनु र नहुनुमा केही फरक पर्दैन ।’

सम्बन्धित समाचार

ताजा समाचार