इजरायलले गाजाकाे एक अस्पतालमा गरेकाे हवाई आक्रमणमा परी २८ जनाकाे मृत्यु, दर्जनाै घाइते  

गाजाको खान युनिस क्षेत्रको एक अस्पतालमा इजरायली लडाकु विमानले एक साथ ६ वटा बम खसालेको थियाे ।

spot_img

काठमाडौँ । इजरायलले गाजाकाे एक अस्पतालमा गरेकाे हवाई आक्रमण परी २८ जनाकाे मृत्यु भएकाे छ ।

इजरायलले गाजाको खान युनिस क्षेत्रको एक अस्पतालमा गरेकाे हवाई आक्रमणमा परी २८ जनाकाे मृत्यु हुनुका साथै दर्जनाैँ घाइते भएकाे बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार हमासद्वारा सञ्चालित नागरिक सुरक्षा एजेन्सीका प्रवक्ताले यसको जानकारी दिएका हुन् ।

स्थानीय स्राेतलाई उदृत गर्दै गाजाको उक्त अस्पतालमा इजरायली लडाकु विमानले एक साथ ६ वटा बम खसालेको बीबीसीले समाचार प्रकाशित गरेको छ ।

उता इजरायली सेनाले भने, कमाण्ड तथा कन्ट्रोल सेन्टरमा हमास आतंकवादीहरूमाथि सटिक आक्रमण गरेको र उक्त सेन्टर अस्पतालमुनि उ रहेको इजरायलको दावी छ ।

सम्बन्धित समाचार

ताजा समाचार