काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
संसदमा प्रस्तुत नीति तथा कार्यक्रम :
- लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्न सरकार प्रतिबद्ध रहने
- पूर्वाधार आयोजनाको पुनप्राथमिकीकरण गर्ने
- स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता र सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने
- विद्यालय शिक्षामा देखिएको चुनौती समाधान गर्न नीतिगत र कानुनी प्रबन्ध गर्ने
- उद्यमशीलता मैत्री शिक्षामा जोड दिने, पाठ्यक्रम सुधार गर्ने
- उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्ने
- उच्च, दिगो र फराकिलो आर्थिक वृद्धिका लागि सार्वजनिक, निजी, साझेदारीलाई प्रोत्साहन गर्ने
- वित्तीय तथा मौद्रिक नीतिबीच सामञ्जस्य कायम गरिने
- कृषि उद्यम परियोजनालाई नै धितो राखेर कृषि कर्जा दिने
- सरकारले सहमतिको आधारमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउने
- वैकल्पिक वित्त कोष स्थापना
- युवा केन्द्रित ‘स्टार्टअप कार्यक्रम’ सुरुवात गर्ने
- सामाजिक सुरक्षामा एकीकृत अवधारणालाई थप सुदृढ गर्ने
- कर्मचारी संचयकोष, नागरिक लगानीकोष लगायत निकायबाट सञ्चालित सामाजिक सुरक्षाका कार्यक्रमबीच समन्वय गर्ने
- सामाजिक सुरक्षा कोष सुदृढिकरण रणनीति कार्यान्वयन गर्ने
- व्यापार सम्झौता विस्तार, वस्तु विनिमय सम्बन्धी कानुन, नवीन वित्तीय उपकरण मार्फत सम्भावना भएका सार्वजनिक पूर्वाधारमा निजी पूँजी आकर्षित गर्ने
- विश्वविद्यालयलाई अनुसन्धान तथा विकासतर्फ केन्द्रित गर्ने
- विद्यालय शिक्षामा देखिएका चुनौती सामना गर्न नीतिगत तथा कानुनी प्रबन्ध गरिने छ
- विश्वविद्यालयलाई ज्ञान, अनुसन्धान तथा विकास तर्फ केन्द्रित गरिने
- सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्ने सरकारले पढ्दै कमाउँदै कार्यक्रमलाई प्रोत्साहन गर्ने
- कृषि मल कारखाना स्थपना गर्ने
- पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा यूरो ६ मापदण्ड लागू गरिने
- अनावश्यक सार्वजनिक संरचना खारेज वा गाभ्ने
- १४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क हुने व्यवस्था मिलाइने
- जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने
- विद्यालय शिक्षा विधेयक संसदको चालु अधिवेशनले पारित गर्ने
- रैथाने बाली प्रवर्द्धन गरिने
- सरकारले स्पोर्टस स्कुल कार्यक्रम ल्याउने
- भृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय स्तरको मनोरञ्जन पार्क बनाउने

