काठमाडौँ । रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
शुक्रबार गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको सूचनामा भोटो देखाउने जात्रा पर्ने दिन जेठ १८ गते आइतबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक बिदा लागू हुने उल्लेख छ ।
नेपाल राजपत्रमा २०८१ फागुन १५ गते नै प्रकाशित सूचनाबमोजिम मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन उपत्यकाका तीनै जिल्लामा सार्वजनिक बिदा दिने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।


