बार्सिलोनाको शानदार पुनरागमन, एट्लेटिको मड्रिड ४–२ गोलले पराजित

spot_img

काठमाडौं । आइतबार राति भएको स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एट्लेटिको मड्रिड बिरुद्ध ४–२ गाेलअन्तरले जित हासिल गरेकाे छ।

एट्लेटिको मड्रिडको घरेलु मैदानमा भएको रोमान्चक खेलकाे पहिलो हाफको ४५ औं मिनेटमा जुलियन अल्भारेजको गोलसंगै एट्लेटिको मड्रिडले अग्रता लिएकाे थियाे । यससँगै दोस्रो हाफको ७० औं मिनेटमा अलेक्जान्डर सोर्लोथले गोल गरेसंगै एट्लेटिकोले २–० को अग्रता बनाएको थियो।

तर, बार्सिलोनाका रोबर्ट लेवान्डोस्की र फेरान टोरेसले छ मिनेटको अन्तरमा गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको इन्जुरी समएमा लामिन यामालको गोलसंगै बार्सिलोनाले ३–२ को अग्रता लियाे । खेलको अन्त्यतिर फेरान टोरेसले दोस्रो गोल गर्दा बार्सिलोनाले ४–२ गाेलअन्तरले जितेकाे हाे ।

यस जितसँगै बार्सिलोना ६० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने रियल म्याड्रिडभन्दा एक खेल कम खेलेको छ। एट्लेटिको म्याड्रिड ५६ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार