आगामी सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने ५० ओभरको ‘आईसीसी पुरुष क्रिकेट विश्वकप’ को छनोट प्रक्रियाअन्तर्गतको ‘आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ‘ नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौँमा सञ्चालन हुने आधिकारिक घोषणा गरेको छ।
यस प्लेअफ प्रतियोगिताबाट शीर्ष स्थान हासिल गर्ने उत्कृष्ट चार टोलीले सन् २०२७ को मुख्य ‘आईसीसी क्रिकेट विश्वकप छनोटमा आफ्नो स्थान पक्का गर्नेछन्। नेपालमा यति ठूलो स्तरको ५० ओभरको अन्तर्राष्ट्रिय छनोट प्रतियोगिता आयोजना हुनुले नेपाली क्रिकेट र घरेलु समर्थकका लागि ऐतिहासिक अवसर सिर्जना गरेको छ।

